सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नक्कली शैक्षिक प्रमाण पत्र पेश गर्ने शिक्षक विरुद्ध मुद्दा

२०७६ कार्तिक २७, ०५:१८

डोटीमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाने डोटीको छतिवनमा रहेको कफल कटेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक नरबहादुर रावल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

रावलले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालयमा इलाहावादबाट प्राप्त हाई स्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी स्थायी नियुक्त लिएको भन्दै परेको उजुरीको आधारमा अख्तियार उनीमाथि अनुसन्धान थालेको थियो।

प्रारम्भीक अनुसन्धानबाट रावल दोषी देखिएपछि विशेष अदालतमा कारवाहीको माग सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

कमेन्ट लोड गर्नुस