सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा एक नेपालीको मृत्यु

२०७६ कार्तिक २७, ०१:०९ खबर संवाददाता

वैदेशिक रोजगारीका क्रममा मलेसियामा एक जना नेपालीको मृत्यु भएको छ। पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको हो।

अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले बताए। काठमाडौँस्थित रिजा ओभरसिस मार्फत मलेसियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेसिया दुई महिना अघिमात्रै पुगेका थिए। मलेसिया पुगेदेखि नै बिरामी बयम्बुको उपचारमा म्यानपावर र कम्पनीले समयमा नै चासो नदेखाउँदा ज्यान गएको मृतककी बहिनी कान्तिसरा बयम्बुले बताए। बयम्बुको उपचारका लागि परिवारबाट रु एक लाख २० हजार रकम पठाएको तर समयमा नै म्यानपावर र कम्पनीले उपचारमा ध्यान नदिएको कान्तिसराले गुनासो गरे।

काठमाण्डौँको रिजा ओभरसिसकी सञ्चालक पुनम श्रेष्ठले आफूले उपचारका लागि पहल गरे पनि सम्भव नभएको बताए। पारिवारको लालनपालन, घरायसी गुजारा चलाउन रोजगारका निम्ति मिठो सपना बोकेर बयम्बु मलेसिया पुगेका थिए। उनको परिवारमा बुबाआमा, श्रीमती, दुई छोरा र एक छोरी छन्। रासस

कमेन्ट लोड गर्नुस