सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गम्भीर सवारी दुर्घटनाका दोषीलाई कानूनको कमजोर दफा लगाएर उन्मुक्ति

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक २७, १२:५० रोशन भट्ट

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा एक सय ६१ मा उल्लेख गरे अनुसार ज्यान मारेमा हुने सजायलाई तीन भागमा बाडिएको छ।

पहिलो नम्बर ज्यान मार्ने मनसायले घटना घटाएको भए जन्मकैद हुने सजाय तोकिएको छ भने दोस्रो नम्बरमा ज्यान मार्ने मनसाय नभई भबितव्य हुने घटनाको दोषीलाई दुई वर्ष देखी १० वर्ष सम्म कैद र तेस्रो नम्बरमा ज्यान मार्ने जस्तो अवस्था नभएको तर दुर्घटना भएपछि एक वर्ष कैद वा दुई हजार जरिवाना अथवा दुवै सजाय हुने उल्लेख छ।

तर कैलालीमा भने गम्भीर प्रकृतिका दुर्घटनाका दोषीलाई पनि सबैभन्दा कम सजाय हुने तीन नम्बरको दफामा आधारित भई कारवाही गरिदै आएको छ।  सवारी तथा यातायात व्यवस्था ऐनमा कसुर अनुसार छुट्टाछुट्टै कारवाहीको व्यवस्था गरिएको भएपनि कार्यान्वयन फितलो हुँदा दुर्घटनाका दोषीहरुले उन्मुक्ती पाउने गरेका हुन्।

प्रहरीले गम्भीर प्रकृतिका दुर्घटनामा पनि कमजोर दफा लगाएर जरिवाना लिएर दोषीलाई छोड्ने गरेका चालकहरु पनि सचेत नभएको गुनासो गरिदै आएको छ। जसले गर्दा जिल्लामा वर्षेनी सवारी दुर्घटना हुने क्रम बढ्दै गएका छन्। कौललीमा हुने दुर्घटनका प्रायः सबै दोषीलाई तीन नम्बर नै लगाईने गरेको छ भने केहीलाई मात्र दुई नम्बर लगाईने गरेको छ।

तर एक नम्बर भने कसैलाई नलगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए। आज भन्दा एक वर्ष अगाडी त सवारी दुर्घटनाका दोषीलाई प्रहरी हिरासत भित्र छुट्टै वस्ने व्यवस्था समेत बनाईएको थियो। कानूनको फितलो कार्यान्वयनले प्रसय पाउँदा जिल्लामा वर्षेनी सवारी दुर्घटना पनि बृद्धि हुदै गएको छ।

 घटनाको दोषीलाई सहजै उन्मुत्ती गराउने उद्देश्यले कमजोर मुद्धा लगाउने गरेका कारण सवारी दुर्घटनाको संख्यामा बृद्धि भएको अनुमान गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस