सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरीको मेला सम्पन्न

२०७६ कार्तिक २६, ०९:०७ खबर संवाददाता

डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी मन्दिरमा लागेको मेला आज सम्पन्न भएको छ। नेपालकै ऐतिहासिक एवं पर्यटकीय आकर्षणको रुपमा रहेको शक्तिपीठ शैलेश्वरी भगवती जात अर्थात मेला आज सम्पन्न भएको हो। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन लाग्ने मेला यस वर्ष कार्तिक २६ गते लागेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए।

स्कन्द पुराणको मानस खण्डमा उल्लेख भए अनुसार शिव विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर उक्त क्षेत्रमा सयल गर्दै वषैाँ विताएको जनविश्वास छ। यो संगै उक्त मन्दिरमा प्रत्येक १२ वर्षमा एक पटक लक्ष्यहवन र एक सय ४४ वर्षमा एक पटक कोटीहवन महायज्ञ लाग्ने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष भट्टले बताए। यस वर्षपनि शैलेश्वरी मेलामा हजारौंको संख्यमा मेला भर्न पुगेका थिए।
 

कमेन्ट लोड गर्नुस