सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जिल्ला न्यायधिशका भान्छेमाथि कुटपिट, एकजना पक्राउ

२०७६ कार्तिक २६, ०८:४६ खबर संवाददाता

धनगढीको राष्ट्र बैँक चोकमा जिल्ला अदालत कैलालीका न्यायधिशका भान्छेमाथि कुटपिट गरिएको छ। जिल्ला न्यायधिश जयानन्द पनेरुका भान्छे भक्त साउँदबाट धनगढीको राष्ट्र बैँक चोकमा कुटपिट गरिएको हो।

धनगढी उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीका २० वर्षीय छोरा रोहित पार्की र अर्का युवकले साउँदमाथि ढुङ्गा र मुक्का प्रहार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

पार्कीलाई पक्राउ गरिएपनि अर्का युवक भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार साईकलमा सवार भान्छे साउँदलाई रोकेर साईकल खोस्न खोजेको र नदिएपछि दुवैजनाले कुटपिट गरेका थिए। तर प्रहरीले भने नियन्त्रणमा लिईएका पार्कीले कारण बताउन नमानेको जनाएको छ।

  

कमेन्ट लोड गर्नुस