सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर दोस्रो पटक एलपिएलको च्याम्पीयन

२०७६ कार्तिक २६, ०५:५१ खबर संवाददाता

लिटल फ्लावर स्कुल धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको च्याम्पीयन भएको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय  प्रहरी ईकाई कार्यालयको खेल मैदानमा मंगलबार भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौंलाई ९ विकेटले हराउँदै चौथो संस्करणको लिटिल फ्लावर च्याम्पीयन बनेको हो।

कप्तान विपिन रावल र सुवाश ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पीयन बनेको छ। तेस्रो  संस्करणमा लिटल  फ्लावर लिटिल वुद्ध एकेडेमीलाई हराएर च्याम्पीयन बनेकोे थियो । चौथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाख सहित ट्रफी पाएको छ। उपविजेता हिमालय ह्वाईट हाउसले एक लाख नगद सहित ट्रफी पाएको छ। संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाईनल खेलमा टस जितेर पहिले व्याटिंग गर्दै हिमालय ह्वाईट हाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहदै भेट्टायो। १८ दशमलव १ ओभरमा जित हात पार्नका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे। सुवाशले ५४ वलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रनको पारी खेल्दा, विपिनले ३८ वलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए।  दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको शतकीय साझेदारी समेत गरे। हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गरेका थिए। लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे। 

यसअघि टस जितेर पहिले व्याटिंग गरेको हिमालय ह्वाईट हाउसले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो। हिमालयका लागि ओपनरद्धय दिपक वोहोराले ३४ रन र सुदीप वस्स्नेतले १८ रन बनाए। उनीहरुले पहिलो विकेटका लागि ६ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि हिमालयको मध्यक्रम मैदानमा टिक्क सकेन्। छैटौ नम्बरमा मैदान छिरेका सुमीत श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। लिटल फ्लावरका लागि दिपक रोकाया र अनुराग सिंहले दुई÷दुई विकेट लिए। विपिन रावलले एक विकेट लिए।

 फाईनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए। उनले नगद एक हजार पाँच सय सहित टफी पाए। कार्तिक १६ गतेदेखि कार्तिक २६ गतेसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन्। उनले नगद १५ हजार रुपैयाँ पाएका छन्। त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र  लिटल  फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरुले जनही नगद ५ हजार पाएका छन्।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ। आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निष्ट कलेजका संस्थापक प्रिन्सिपल निष्ट फाउण्डेसनका अध्यक्ष तथा नेपाली वैज्ञानिक डाक्टर माधव वराल रहेका थिए। सो क्रममा वोल्दै डाक्टर वरालले आगामी दिनमा पनि क्रिकेटमा लगानी गर्ने वताउँदै क्रिकेटको जग वलियो भएमा क्रिकेटको विकासमा मदत्त मिल्ने बताए। प्रतियोगिताका संयोजक भुपी सिंह धामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले गरेका थिए। समापन कार्यक्रममा विभिन्न व्यक्ती र संस्थालाई सम्मान समेत गरिएको थियो। 

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक काठमाण्डौं लैनचोरमा रहेको निष्ट कलेज रहेको थियो। लिग कम नकआउट फ्म्र्याटमा भएको  प्रतियोगितामा सहभागी विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको थियो। विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि संस्कार क्रिकेट एकेडेमीले विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पाँचौ संस्करण नगद पुरस्कार राशी वृद्धिसँगै नयाँ प्रयोगका साथ आयोजना गरिने संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष ररामचन्द्र शाहीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस