सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर केसीद्धारा अनसन स्थगित

२०७६ कार्तिक २६, ०४:३७ खबर संवाददाता

डडेल्धुरामा नौ दिनदेखि अनसरत डाक्टर गोविन्द केसीले अनसन स्थगित गरेका छन्। मंगरबार उनले डडेल्धुरा अस्पतालमा पत्रकार सम्मेलन गर्दै अनसन स्थगीत भएको घोषणा गरेका हुन्।

गत सोमबारदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका उनले नौ दिनमा आएर अनशन तोडेका  छन् । उनले ४ वर्षीय स्यान्सु जैरुबाट जुस पिएर अनशन तोडेका छन । केसीले अहिले भारतले नेपाली भूमी कलापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सारमा समेटेर सीमा मिचेकाले राष्ट्रियताका लागि एकजुट हुन अनसन स्थगीत गरेको बताएका छन्।  'भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु,' उनले भने,  'राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं।' उनको स्वस्थ्य नाजुक बनेपछि डडेल्धुरा अस्पतालले उपचार हुन नसक्ने भन्दै अन्यत्र लैजान आइतबार साझ नै विज्ञप्ति जारी गरेको थियो। त्यपछि सोमबार केसीलाई उपचारका लागी काठमाण्डौ लैजान  नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो।  तर उनले जान नमानेपछि  हेलिकप्टर फर्किएको थियो। 

 त्यस्तै डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि मंगलबार मात्रै भेरी अस्पतालबाट फिजिसियन डाक्टर राजेश मण्डलबाट उपचार गर्न आएका थिए।  तर डा. केसीले  मण्डलबाट उपचार गर्न अस्वीकार गरेका थिए । 

 

 

 

कमेन्ट लोड गर्नुस