सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीद्धारा भेरी अस्पतालबाट पठाइएका डाक्टरबाट उपचार गर्न अस्वीकार

२०७६ कार्तिक २६, ०४:०३ खबर संवाददाता

चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले भेरी अस्पतालबाट उपचारका लागि पठाईएका डाक्टरबाट उपचार गर्न अस्वीकार गरिएको छ।  विगत  नौँ दिनदेखि डडेल्धुरामा अनसरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भेरी अस्पतालबाट आएका फिजिसियन डाक्टर राजेश मण्डलबाट उपचार गर्न अस्वीकार गरेका हुन्।

उनले उपचार केसी गर्न अस्वीकार गरेको डडेल्धुरा अस्पतालमै रहेका दिनेश खबरका सम्पादक नवराज पनेरुले जानकारी दिए।  चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे माग सहित डडेल्धुरामा १७ औ पटक सत्याहग्रह थालेका केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपनि उपचार गर्न अस्वीकार गरेका हुन्। 

यसअघि सोमबार केसीलाई उपचारका लागी काठमाण्डौ लैजान  नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो।  उनले जान नमानेपछि   फर्किएको थियो।  डडेल्धुरा अस्पताले उपचार हुन नसक्ने भन्दै अन्यत्र लैजान आइतबार साझ नै विज्ञप्ति जारी गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस