सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबल प्रतियोगिताको उपाधि एञ्जिलालाई

२०७६ कार्तिक २६, ०१:३४ खबर संवाददाता

अछामको साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ। फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो।

 उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले  एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ। दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद  एक लाख पुरुस्कार पाएको छ। तेस्रो भएको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाले रु५० हजार पुरस्कार पाएको छ। कात्तिक २२ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो। प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगीताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताए। यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो। रासस
 

कमेन्ट लोड गर्नुस