सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसी अनशन बसेको ९औँ दिन, समर्थनमा उग्रतारा मेलामा हस्ताक्षर सकंलन गरिँदै

२०७६ कार्तिक २६, ११:४१

चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा डाक्टर गोविन्द  केसी ७ बुँदे सहित डडेल्धुरामा अनशन बसेका छन।  आज उनि अनशन बसेको नौ दिन पुगेको छ। उनको सत्याग्रहमा समर्थन जनाउँदै डडेल्धुरामा दैनिक दबाबमुलक कार्यक्रम भइरहेका छन। 

त्यसैक्रममा आज दिउँसो समर्थकले डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने मेलामा आन्दोलनको समर्थनमा हस्ताक्षर संकलन सुरु गरेका छन। सुदूपश्चिमकै प्रसिद्ध त्यस मेलामा हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासनमार्फत सरकारलाई बुझाउने नागरिक समाजले जनाएको छ। 

उता डा.केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।  उनको स्वास्थ्य बिग्रिएपछि आइतबार अस्पतालले उनलाई अन्यत्र लैजान भनि विज्ञप्ति निकालेको थियो।

तर डा.केसीले सरकारले वार्ता टोली गठन गरी डडेल्धुरा नै आउनुपर्ने माग राखेका छन। उनको अन्य अस्पतालमा नजाने अडान जारी रहेको अस्पतालका मेसु डाक्टर जितेन्द कँडेलले बताए। सोमबार उनलाई लिन आएको सेनाको हेलिकोप्टर फिर्ता गएको थियो।

अनसनरत डा. केसीलाई सत्तारढ दल नेकपाबाहेक प्रतिपक्षी नेपाली कांग्रेससँगै अन्य साना दल नेकपा जनमोर्चा, राप्रपा नेपाल समाजवादी पार्टी, साझा विवेकशीललगायतका दलले समर्थन जनाएका छन्।

कमेन्ट लोड गर्नुस