सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको उग्रतारामा देहिजातको रौनक

२०७६ कार्तिक २६, ०९:५८ खबर संवाददाता

डडेल्धुरामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज देहिजात मेला सुरु भएको छ। सोमबार परेको कात्तिक शुक्ल पूर्णिमाका रात (रतेडी) भएको देहिजातमा आज दोस्रो दिन (दिउसेडी) मेला लागेको छ। प्रदेशका नौ वटै जिल्ला सहित छिमेकी प्रदेश सहित भारतका विभिन्न स्थानबाटपनि मेला भर्न दर्शानार्थी डडेल्धुरा पुगेका छन्।

देहीजाँतमा खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण ९भण्डार० रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा भोली बिहानै ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गर्छ। किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जन विश्वास छ।  

उग्रतारा मन्दिरका पुजारी लोकराज भट्टका अनुसार ज्ञानकी ज्योती तारादेविको अर्को रुपमा नै उग्रतारालाई चिनिन्छ।  देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृष्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहिजाँतमा प्रशस्त देख्न सकिन्छ।

वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ।  डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन्।  

मेला व्यापार व्यवसाय एवम् आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ। उग्रतारा मेला व्यपार व्यवसाय र आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ। मेलामा हराउदै गएका अन्न वाली फाँपर, भिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सुन्तला, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रवद्र्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा विक्रि वितरण गर्ने पूर्व योजनाका साथ स्थानीयहरुले विभिन्न बाँस निगलाका सरसामाग्रीसंगै खाद्यबस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्। मेलामा भारतका विभिन्न स्थानका व्यापारिले मिठाईका परिकार बनाई विक्रि गर्ने गर्दछन।

कमेन्ट लोड गर्नुस