सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीले काठमाण्डौँ जान नमानेपछि नेपाली सेनाको हेलिकप्टर फर्कियोे

२०७६ कार्तिक २५, ०२:४७

चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे मागसहित डडेल्धुरामा १७ औ सत्याहग्रह थालेका डा. गोविन्द केसी उपचारका लागी काठमाण्डौँ जान नमानेपछि नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ।

अनशनको आठौ दिन आज उनको स्वास्थ्य अवस्था नाजुक बनेको छ। डडेल्धुरामा उपचार हुन नसक्ने भन्दै अन्यत्र लग्न डडेल्धुरा अस्पतालले आइतबार साझनै विज्ञप्ति निकालेको थियो । 

तर डा केसीले जबरजस्ती अन्यत्र जान नमानेपछि र स्थानीय समर्थकले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि उनलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर मगाइएकोे थियो। 

उनले भने ‘डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अनुरोध गरेर नेपाली सेनाको हेलिकप्टर आएको थियो तर डाक्टर सापले जान मानेनन् र उनका समर्थकहरुले पनि जबरजस्ती नलैजान भनेपछि हेलिकप्टर फर्किएको छ।’

आफुले डा केसीलाई मनाउने प्रयास गरेको तर उनले भेट्न् समेत नमानेको उनले बताए । 
 

कमेन्ट लोड गर्नुस