सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना

२०७६ कार्तिक २५, ०२:१३ खबर संवाददाता

धनगढीमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको छ। कार्यालयको एक कार्यक्रमका बिच आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालयको उद्घाटन गरेका छन्।  देश संघीय संरचनामा गएसँगै राष्ट्रिय वाणिज्य बैंकले संघीय ढाँचा अनुसार धनगढीको चटकपुरमा प्रोदेशिक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो।

यसअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेको थियो। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले संघीयता प्रशासनिक रुपमा मात्र नभएर सेवाको दृष्टिकोणले पनि महत्वपूर्ण भएको बताए। ‘सरकारी सेवामा हुने ढिलासुस्ती न्यूनीकरण नै अहिलेको मुख्य चुनौती रहेको छ।’ मुख्यमन्त्री भट्टले भने। ‘त्यसका लागि व्यवस्थापन टिम बलियो भएर लाग्नु आवश्यक छ।’

२०२२ सालमा स्थापना भएका वाणिज्य कार्यालयका मुलुक भरका ७७ जिल्लामा २ सय ३८ शाखा रहेका छन। वाणिज्य बैंकले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको बैंक प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। संघीय ढाँचाअनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याईएको उनले बताए।

कार्यालय उद्धाटन कार्यक्रममा परशुराम नगरपालिका डडेल्धुराका मेयर भीमबहादुर साउँद, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदमराज जोशी लगायतको सहभागिता रहेको थियो। 

कमेन्ट लोड गर्नुस