सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा. केसीको समर्थनमा सवारी सञ्चालनमा रोक

२०७६ कार्तिक २५, १२:३० खबर संवाददाता

डडेल्धुरामा डा. गोविन्द केसीका समर्थकले सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जाम लागेको छ। सरकारले डा. केसीको सत्याहग्रहप्रति वेवास्ता गरेको भन्दै स्थानियहरुले डडेल्धुरा सदरमुकाम क्षेत्रमा प्रदर्शन गरिरहेका छन।  

सदरमुकामको बजार र तुफानडाँडा क्षेत्रमा डाक्टर केसीका समर्थनकले बजार बन्द गरेका छन। सरकारी तथा निजी गाडी ठप्प गरि स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका हुन्। लामो दुरीका सवारिसाधन ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन।

सरकारी गाडी  चलाइए आगो लगाएर जलाइदिने भनेर प्रदर्शकारीले चेतावनी समेत दिएको स्थानीय शुनिल तामाङले दिनेश खबरलाई जानकारी दिए। लामो दुरिमा जाने यात्रुको सहजताका लागि दिउँसो १२ बजे देखि १ बजेसम्म १ घण्टाका लागी सवारी साधन चल्न दिइने उनले बताए। 

प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखिे १७ औं चरणको सत्याग्रह सुरु गरेका छन । उनको सत्याग्रह आज आठौ दिन पनि जारी छ। जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा उनको सत्याग्रह जारी राखेका छन्।

डा. केसीको स्वास्थ्य अवस्था आठौ दिनमा आएर नाजुक बनेको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ५ औ दिनमा अस्पताल सारिएको थियो । 

डाक्टर गोविन्द केसीको ज्यानमै जोखिम भएकाले अस्पतालले स्थानान्तरण गराउन भनेको छ । ‘उनको ब्लड प्रेसर घट्न थालेको छ, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको छ, रगतमा अक्सिनको मात्रा घटेको छ र मृगौलामा समस्या देखिएको छ’ अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले भने ‘अब पनि उनलाई काठमाण्डौ लगिएन भने उनको ज्यान जाने खतरा छ।’

उनलाई काठमाण्डौ लैजानका लागी नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा आइपुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेगमा ल्यान्ड समेत गरीसकेको छ। तर डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन्।

फोटो सुनिल तामाङ

 

कमेन्ट लोड गर्नुस