सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीलाई सेनाको हेलिकप्टरबाट काठमाण्डौँ लैजाने तयारी

२०७६ कार्तिक २५, ११:२२

डडेल्धुराबाट आफ्नो १७ औ अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था आठौ दिनमा आएर नाजुक बनेको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ५ औ दिनमा अस्पताल सारिएको थियो । 

डाक्टर केसीको ज्यानमै जोखिम भएकाले अस्पतालले स्थानान्तरण गराउन भनेको छ । ‘उनको ब्लड प्रेसर घट्न थालेको छ, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको छ, रगतमा अक्सिनको मात्रा घटेको छ र मृगौलामा समस्या देखिएको छ’ अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले भने ‘अब पनि उनलाई काठमाण्डौ लगिएन भने उनको ज्यान जाने खतरा छ।’ 

उनलाई काठमाण्डौ लैजानका लागी नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा आइपुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार उनलाई काठमाडौं लैजान सेनाको हेलिकप्टर दह व्यारेगमा ल्यान्ड समेत गरीसकेको छ। तर डाक्टर केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन्।

अहिले डडेल्धुरा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ।  डाक्टर केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ। स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन। 

कमेन्ट लोड गर्नुस