सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले गलत नक्सा सार्वजनिक गरेको भन्दै जलाइयो डडेल्धुरामा मोदीको पुत्ला

२०७६ कार्तिक २५, १०:४८ खबर संवाददाता

भारतल गलत नक्सा सार्वजनिक गरेको भन्दै डडेल्धुरामा भारतका प्रधानमन्त्रिको मोदीको पुत्ला जलाइएको छ। हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको विरोधमा मोदीको पुत्ला जलाइएको हो।

नेपाल विद्यार्थी संघ डडेल्धुराले आइतबार साँझ जिल्ला सदरमुकाको भीमदत्त चोकमा मोदीको पुत्ला छन।  भारतीय विस्तारवाद र नेपाल सरकारको मौनताविरुद्ध समेत नेविसंघ डडेल्धुराले विरोध प्रदर्शन गरेको हो।

नेवि संघका प्रदर्शनकारीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, नरेन्द्र मोदी मुर्दावाद, ज्यान दिन तयार छौँ आफ्नो भूमि छोड्दैनौं’ लगायतका नाराहरु लगाएका थिए।

‘अमरसिंह थापाका सन्तान हामी अमरगढीको भूमिबाट भारतीय विस्तारवाद र नेपाल सरकारको मौनतालाई यो चुनौती दिन चाहान्छौं कि बरु प्राण त्याग्छौं तर एक चिम्टी माटो गुमाउँदैनौं’ लेखिएको ब्यानरसहित उनीहरुले जिल्ला सदरमुकाम क्षेत्रमा प्रदर्शन गरेका हुन्।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरिएको छ। यतिबेला भारतले सार्वजनिक गरेको नक्साप्रति चौतर्फि बिरोध भइरहेको छ।

कमेन्ट लोड गर्नुस