सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवा वडा सचिव, छोरा हेडमास्टर, विद्यार्थीले किताब पाएन

२०७६ कार्तिक २४, ०८:५९ खबर संवाददाता

आधारभूत तहको विद्यालय व्यवस्था गर्ने जिम्मा वडा कार्यालयको हो। वडा कार्यालयको सचिव बुवा र दुई छोरा मध्ये एक स्कुलको हेड मास्टर र अर्का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ तर, सोही वडाका विद्यार्थीले शैक्षिक सत्र आधा सकिनै लाग्दा पनि पढ्ने किताब पाएका छैनन्।

यो दुर्दशा बैतडीको सिगास गाउँपालिका–८ पारिवन आधारभूत विद्यालयको हो। किताब किन्ने बजेट आए पनि किताब नआएको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन्। विद्यार्थीको हातमा किताब नहुँदा शिक्षकले एउटा किताबको भरमा कक्षा संचालन गर्नु पर्ने बाध्यता रहेको छ। किताब नहुँदा विद्यार्थीको पढाईमा असर पुगेको स्थानीय वित्रा साउँदले बताए।

विद्यार्थीले किताब नपाएको विषयमा जिज्ञासा राख्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह ऐरले विद्यालयमा सबै पाठ्यपुस्तक पुगेको दाबी गरे। अध्यक्ष ऐरले भने, कसले भन्यो विद्यालयमा किताब पुगेको छैन भनेर ? सबै किताब पुगेका छन्न् कुनै समस्या छैन्। पछिल्लो समय मेरो कार्यकाल पनि सकिनै लागेकोले म अन्य योजनामा व्यस्त छु। विद्यालयका प्रधानाध्याक रमेशबहादुर ऐरले भने किताब नभएको स्वीकार गरे।

प्रधानाध्यापक ऐरले भने, बजेट त पहिले नै निकासा भईसकेको हो। किताब विक्री गर्नेलाई हामीले बजेट पनि दिईसकेका हौं। अन्य विषय आए पनि कक्षा ४ को नेपाली र गणितको किताब पुगेको छैन। विद्यालयमा आफु मात्र स्थायी शिक्षक भएकोले अन्य सबै निजी श्रोतमा शिक्षक राखेर पढाउनु पर्ने बाध्यता समेत रहेको प्रधानाध्यापक ऐरले बताए। गोरखापत्र आनलाइबाट
 

कमेन्ट लोड गर्नुस