सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा. केसीका समर्थकले निकाले राँके जुलुस

२०७६ कार्तिक २४, ०४:४६

डडेल्धुरामा डा.गोविन्द केसीको समर्थनमा राँके जुलुस निकालिएको छ। आईतबार डडेल्धुरा नागरिक समाजको अगुवाइमा जुलुस निकालिएको हो। 

त्यसका साथै समर्थकहरुले आज सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएका छन। सदरमुकाम क्षेत्रमा बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। उक्त कार्यक्रम भने उद्योग वाणिज्य संघको नेतृत्वमा गरिएको थियो।  

अहिले जिल्लामा सत्याग्रहमा रहेका डा. केसीको सर्मथनमा दैनिक विभिन्न कार्यक्रमहरु हुदै आएका छन । अनसनरत डाक्टर केसीको समर्थनमा सुदूरपश्चिम प्रदेश सासंद कर्णबहादुर मल्ल, नेपाली कांग्रेस डडेल्धुरा, त्यहाँको नागरिक समाज, अगुवाहरु, नेवी संघ, पेशाकर्मी एवं व्यवसायिक संघसस्थाहरुको अगुवाइमा दवावमुलक र्‍याली आयोजना भइरहेका छन। 

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह आज सातौ दिन पनि जारी छ। ७ बुँदे माग सहित आफ्नो १७ औँ अनशन थालेका उनि डडेल्धुरा अस्पतालमा भर्ना भएका छन। अनशनको पाचौँ दिनमा शरिरमा पानीको कमी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। 

डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए। 

 

कमेन्ट लोड गर्नुस