धनगढीमा बझाङका व्यापारीको चार लाख सहित झोला हरायो, चोरीको आशंका
बझाङबाट समान खरिदका लागि धनगढी आएका व्यापारीको चार लाख सहित झोला हराएको छ। बझाङको सुर्मा गाउँपालिका घर भएर जयपृथ्वी नगरपालिकामा किराना पसल सञ्चालन गर्दै आएका सिउमल बोहोराको गत कात्तिक १७ गते धनगढीमा चार लाख सहितको झोला हराएको हो।
बोहोराका छोरा ज्ञानबहादुरले समान खरिदका लागि १७ गते नै कृषि विकास बैँकबाट झिकेको उक्त रकम समान खरिद गर्ने क्रममा हराएको बताए। उनले बोहोराले धनगढीको कैलपाल स्टोर, शैलेश्वरी ट्रडिङमा समान खरिदका क्रममा ठुलो झोला भित्र रहेको पैँसाको सानो झोला हराएको दिनेश खबरलाई बताए।
समान खरिद गरी केआई होटल फर्किने क्रममा स्थानीयले झोला खुल्ला देखेपछि मात्रै उनले पैँसा झोलाबाट हराएको थाहा पाएका थिए। त्यसअघि कैलापाल स्टोर नजिकै ठुलो झोला समेत खसेको थियो तर रकमवाला झोला त्यसै भित्र रहेकाले कुनै वास्ता नगरेको बोहोराले बताए।
बैँकबाट पाँच लाख रुपैँया झिकेका बोहोराले समान खरिदका क्रममा एक लाख झिकेका थिए तर साढे चार हजारको समान खरिद गरी समान बनाईदिनु भन्दै होटलतर्फ हिडेका थिए।
झिकेको रकम खल्तीमा हालेकोले जोगिएको बोहोराले बताए। उनले समान खरिदका क्रममा पसलमा काम गर्ने व्यक्तिले चार लाख सहितको झोला चोरी गरेको आशंका गरेका छन्। बोहोराले लगत्तै वडा प्रहरी कार्यालयलाई खबर गरेका थिए।
उनले समान खरिद र अर्डर गरेको पसलमा तत्काल प्रहरी पुगेको थियो। प्रहरीले रकम चोरीको आशंकामा कैलापाल स्टोर, शैलेश्वरी टे«डिङ र जयलक्ष्मी श्रृङगारमा काम गर्ने तीनजनामाथि अनुसन्धान भईरहको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बोहोराले दिएको निवेदनका आधारमा उनीहरुमाथि अनुसन्धान भईरहेको तर कुरा बाझिएपछि पोलीग्राफ परिक्षण गरिएकाले रिर्पोट आउन बाँकी रहेको बताए।