सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पैगम्बर मोहम्मद दिवसको अवसरमा र्‍याली

२०७६ कार्तिक २४, १२:०५

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सलाह अलै वसल्लमको जन्म जयन्ती मोहम्मद दिवस कैलीलीको धनगढीमा पनि मनाइएको छ ।
मुस्लिम समुदायले बृहत र्‍यालीको आयोजना गरेर मोहम्मद दिवस मनाएका हुन।

मोहम्मद दिवशको दिन इस्लाम धर्मावलम्बीहरुले खुशी व्यक्त गर्दै मोहम्मदका विभिन्न नारा घन्काउँदै र्‍याली निकाल्ने गरेका छन् । मोहम्मद दिवशले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारा कायम रहने जनविश्वास रहेको छ ।

यस दिन घरका वृद्ध व्यक्तिदेखि बालबालिकासमेत खुशियालीका साथ रमाइलो गर्ने गर्दछन् । विभिन्न मिठा खानेकुरा खानुका साथै मोहम्मद दिवसको अघिल्लो रात जाग्राम बसेर सुखदुख साटासाट गर्ने प्रचलन रहेको छ ।

फोटो सौजन्य: जगत साउद

कमेन्ट लोड गर्नुस