सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको अर्गानिक आलु बिक्रिका लागि काठमाडौँ र पोखरा पठाईयो

२०७६ कार्तिक २४, ११:५५ प्रकाश सिंह

बाजुरामा उत्पादीत आलु बिक्रिका लागि काठमाडौँ र पोखरा पठाईएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ७ को ढम्कनेमा उत्पादन भएको एक सय क्वीन्टल काठमाडौं र ४० क्वीन्टल आलु बिक्रिका  लागि पोखरा पठाईएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीप्रसाद जैशीले बताए।   

बाजुराको अर्गानिक आलु कृषि फ्रेस प्रालीले काठमाडौँ र एग्रो मायट कम्पनीले पोखरा लगेको जैशीले जानकारी दिए। बाजुराबाट प्रती केजी ३० रुपैँयाका दरले खरिद गरी बिक्रिका लागि पठाईएको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए।

यसवर्ष पहिलो पटक भएकाले थोरै आलु पठाईएपनि आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न अगामी वर्षदेखि बाहिर जिल्लामा निर्यात गर्ने योजना रहेको उनले बताए। कृषि ज्ञान केन्द्रले आलुको परिक्षण गरी विषादी रहितको पत्र समेत व्यापारीहरुलाई दिएको छ।

बाजुराको आलु प्रवद्र्धन गर्न पहिलो पटक महोत्सवको समेत आयोजना गरिएको थियो। महोत्सवमा एक हजार क्वीन्टलको आलुको पहाड बनाएर प्रर्दशन समेत गरिएको थियो। महोत्सवले आलुको बजारीकरण र प्रचारप्रसारमा सहयोगी भूमिका खेलेको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द सिजापतीले वताए।

केन्द्रले स्याउको ढुवानीमा अनुदान दिएर किसानहरुलाई सहयोग गरेको थियो। अहिले जिल्लाको खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकामा पकेट क्षेत्र घोषणा गरी आलु खेती गरिदै आएको छ।  यसअघि गत महिना ज्ञान केन्द्रले बाजुराको अर्गानिक स्याउ पनि बिक्रिका लागि धनगढी र काठमाडौँ पठाएको थियो। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस