सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीः कर्मचारी समायोजनपछि बन्द भएको इलाका प्रशासनको सेवा सुुचारु

२०७६ कार्तिक २४, ११:४८

कर्मचारी समायोजनपछि गत असारदेखि बन्द रहेको बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालय गत बिहीबारदेखि  पुनः सञ्चालनमा आएको छ। २०७३ सालमा स्थापना भएको उक्त कार्यालय कर्मचारी अभावले बन्द रहेकोमा कर्मचारी आएपछि चार महिनापछि पुनः सुरु भएको हो।

कार्यालयले नागरिकता वितरणदेखिका इलाका प्रशासन कार्यालयले दिने अन्य सेवाहरु सुचारु गरेको छ। यसअघि नागरिकता बनाउन, नाबालक परिचयपत्र बनाउन र अन्य सिफारिसका लागि सदरमुकाममै धाउनुपर्ने बाध्यता रहेकोमा अब प्रशासन कार्यालयबाट ती सेवाहरु सञ्चालनमा आएपछि त्यहाँका स्थानीय खुसी भएका छन्। 

कार्यालयमा अहिले निमित्त प्रमुखका रुपमा नायब सुब्बा गोविन्दप्रसाद भट्ट आएका छन। त्यस्तै एकजना नासु, एकजना कम्प्युटर अपरेटर र एकजना  कार्यालय सहयोगी गरी चार जना कर्मचारी छन। तर इलाका प्रशासनमा एक अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल र दुई जना कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी रहेको  छ। समायोजनपछि पनि दरबन्दी अनुसारका कर्मचारी भने परिपुर्ति भएका छैनन्। 
 

कमेन्ट लोड गर्नुस