सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा आइतबार सरकारी सवारी सञ्चालनमा रोक

२०७६ कार्तिक २३, ०९:५५ कमल सावद

डडेल्धुरामा आईतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा जिल्लामा आईतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने भएको डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। ‘बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाएका छौ। उद्योग बाणिज्य संघको नेतृत्वमा कार्यक्रम हुने छ।

अन्य सवारी साधनहरु भने सञ्चालन हुनेछन्।’ उनले भने। डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीको सर्मथनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रमहरु हुदै आएका छन्। तर सरकारले केसीको सत्याग्रहप्रति चासो नदेखाएको उनले बताए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस