सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस मोहन्याल गाउँपालिकाको कार्यसमिति समायोजन

२०७६ कार्तिक २३, ०७:३५ खबर संवाददाता

नेपाली कांग्रेस मोहन्याल गाउँपालिकाको कार्यसमिति समायोजन गरिएको छ। नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम ब्यवस्था निर्देशिका २०७६ बमोजिम कार्यसमिति समायोजन गरिएको हो।

कार्यसमिति समायोजन पछि मोहन्याल गाउँपालिकाको सभापतिमा भीम तंलामीमगर चयन भएका छन्। शनीबार मोहन्याल गाउँपालिका पडा नम्बर १ बडिकाथाईमा बसेको पार्टीको भेलाले सर्वसम्मत रूपमा तंलामीमगरलाई सभापति चयन गरेको हो। संघीय संरचना अनुसार स्थानीय तहमा साबिकका गाविसहरु मर्ज भएपछि कार्यसमिति समायोजन गरिएको जिल्ला प्रतिनिधि (उपसभापति) प्रकाश बमले जानकारी दिएं। साबिक मोहन्याल, सुगरखाल र पण्डौन गाविसका कार्यसमिति समायोजन गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस