सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपनिर्वाचनका लागी बैतडीमा नेकपा र कांग्रेस दुवैका उम्मेद्वार चुनावी मैदानमा

२०७६ कार्तिक २३, ११:१२

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा नेकपा र कांग्रेस दुवैका उम्मेद्वारको टुंगो लागेको छ। जिल्लामा तीन वडामा उपनिर्वाचन हुँदैछ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उपनिर्वाचन हुनेछ।

जसका लागी कांग्रेस बैतडीले सुर्नया गाउँपालिका–१ को वडा वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ। यस्तै पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले बताए। दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई वडाध्यक्षको चुनावी मैदानमा पठाएको छ। 

उता नेकपाले यसअघि तीनवटै वडामा उम्मेदवारको टुंगो लगाइसकेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्बन्धित पालिका कमिटीको सिफारिसमा दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस