सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ५० मिटर तल खस्यो ट्याक्टरः ११ घाइते, ५ जना गम्भीर

२०७६ कार्तिक २३, १०:५७ खबर संवाददाता

बैतडीमा शनिवार बिहान ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर रहेको जानइएको छ। 

जिल्लाको पाटन बजारबाट मजदूर बोकेर हिडेको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका–६ कद्वारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकवाट ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेहरुमा कपिलबस्तु शिवराज नगरपालिका– १ का १९ वर्षका चन्दु थारु, १६ वर्षीया अञ्जली थारु, १८ वर्षीया रबिना थारु, १९ वर्षीय देउकुमाल थारु र १८ वर्षीया सिर्जना थारु रहेका छन् । 
यस्तै सोही ठाउँका २० वर्षिया रितु थारु, २२ वर्षीय किसन थारु, २० वर्षीया फूलमती थारु, १८ वर्षीया अमिता थारु, २० वर्षीय लाइकराम थारु र कैलालीको गौरीगंगा नगरपालिका–३ का कोट्टारी चौधरी पनि घाइते भएका छन् । 

घाइतेमध्ये चन्दु, अञ्जली, रबिना, देउकुमाल र सिर्जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ। उनीहरुले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछी अन्यत्र रेफर गरिएको छ । अन्य घाइतेको भने पाटनमै उपचार भइरहेको छ । 
 

कमेन्ट लोड गर्नुस