सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसी बेड नम्बर १६ मा भर्ना

२०७६ कार्तिक २३, १०:०९

७ बुँदे माग सहित आफ्नो १७ औँ अनशन थालेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा. गोविन्द केसी डडेल्धुरा अस्पतालमा भर्ना भएका छन। अनशनको पाचौँ दिनमा शरिरमा पानीको कमी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार केसीको पिसाबमा किटोन बढेको र चिनीको मात्रा घटेको छ । शरिरमा पानीको मात्रा घटेकाले उनको शरिरमा ऊर्जा दिने शक्ति कमजोर हुँदै गएको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए।

‘हिजो गरिएको टेस्टमा उनको शरीरमा पानीको मात्रा कम देखिएकाले अस्पताल सार्नुपरेको हो’ उनले भने ‘पानीको मात्रा कम भएकाले शरीर एकदमै कमजोर भएको छ त्यसैले सलाइन चढाउनुपर्ने अवस्था आयो।’ शरिरमा सोडियमको मात्रा पनि बढदै गएकोले शुक्रवार राती ८ः३० बजे नै अस्पताल सारिएको उनले बताए ।

डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि अस्पतालका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय नागरिकको रोहबरमा अनशन बसेको पाँचौं दिनमा शुक्रबार राति अस्पताल सारिएको हो । उनको हाल अस्पतालको आकस्मिक कक्षको १६ नम्बर बेडमा उपचार भइरहेको छ ।
डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका डा. गोविन्द केसी सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा चिसो कोठामा अनशन बसिरहेका थिए।

 

कमेन्ट लोड गर्नुस