सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई कराेड भारतीय रूपैया चाेरी गर्ने एकजना पक्राउ

२०७६ कार्तिक २२, ०९:३८ खबर संवाददाता

भारतयी दुई करोड रुपैया चोरीमा संलग्न रहेको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय अम्मरसिंह भुललाई कैलाली प्रहरीले चोरीमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो। गत जेठ २६ गते भारतको अशोक बिहार दिल्लीका विवेक अग्रवालको घरबाट भारतीय दुई करोड चोरी भएको थियो। भुल फरारको सूचीमा थिए। उनलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनलाई संगठीत अपराध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान हुने कैलाली प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस