सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. केसीलाई डडेल्धुरा अस्पताल लगियो

डडेल्धुरा अस्पतालमा
डडेल्धुरा अस्पतालमा
२०७६ कार्तिक २२, ०९:१७ खबर संवाददाता

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीलाई अस्पताल लगिएको छ। सोमबारदेखि डडेल्धुरामा १७ औं चरणको सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्यमा फेरी समस्या आएपछि डडेल्धुरा अस्पताल लगिएको हो।

उनी डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको कोठामा सत्याग्रहमा थिए। चिसोका कारण सत्याग्राह थालेको दोस्रो दिनमै बिग्रिएको स्वास्थ्यमा केहि सुधार भएपनि फेरी खराब भएपछि अस्पताल लगिएको हो। उनको सत्याग्रहको तेस्रो दिन बोलचाल नै बन्द भएको थियो। स्थानीयले कोठालाई न्यानो बनाउने प्रबन्ध मिलाएका थिए। तर फेरी स्वास्थ्यमा समस्या आएको डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताए। उनले केसीले सत्याग्रह बसेको भवन घाम नै नपर्ने भित्र गल्लीमा भएकाले चिसोमा ९ देखि १२ डिग्री सेल्सियस सम्म तापक्रम हुँदा समस्या भएको दिनेश खबरलाई बताए।

कमेन्ट लोड गर्नुस