सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीद्वारा ४ किशोरीको उद्धार, बेचबिखनमा संग्लन एक महिला पक्राउ

२०७६ कार्तिक २२, ०७:२५ खबर संवाददाता

कैलाली प्रहरीले मानव बेचबिखनमा संग्लन रहेको भन्दै एक महिलालाई पक्राउ गरेको छ। चितवन रत्ननगर नगरपालीका वडा नम्बर २ बस्ने बर्ष ३९ कि सपना प्रजापतीलाई पक्राउ गरिएको हो।

चार युवतीलाई दिल्ली लैजादै गरेको अवस्थामा प्रहरीले उनलाई भारतीय एसएसवीको सहयोगमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार प्रजापतीले काठमाडौ महानगरपालीका कंलकीबाट भारतको दिल्ली लैजान भन्दै चार युवतीलाई घरमा समेत सम्पर्क गर्न नदिई धनगढी हुँदै त्रिनगरबाट पलिया पुगाएको भन्ने सुचना कैलाली प्रहरीलाई प्राप्त भएको थियो।

सोही सुचनाको आधारमा भारतीय एसएसवीको सहयोगमा चारै जनाको उद्दार गरी प्रजापतीलाई पक्राउ गरिएको उनले बताए। प्रजापतीलाई पक्राउ गरी मानब बेचबिखनमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस