सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा काङ्ग्रेसको उम्मेदवार टुङ्गो

२०७६ कार्तिक २२, ०७:१३ खबर संवाददाता

अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बैतडीका तीन वटै वडामा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ।  सुर्नया गाउँपालिका वडा नम्बर १, पुर्चौडी नगरपालिका चार र दोगडाकेदार गाउँपालिका–चारमा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुदैछ। 

नेपाली काङ्ग्रेस सुर्नया गाउँपालिका वडा नम्बर १ को वडा कार्यसमितिको बैठकले वडाध्यक्षमा गजेन्द्रबहादुर चन्दको नाम सिफारिस गरेको छ। यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा गोविन्दबहादुर धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए। साथै दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा सुरेन्द्रप्रसाद भट्टलाई पनि वडाध्यक्षको उम्मेदवार सर्वसम्मत् रुपमा बनाउने निर्णय भएको हो। 

यस्तै सुर्नया गाउँपालिका– १ मा काङ्ग्रेसले प्रचारप्रसार समिति गठन पनि गरेको छ। प्रचारप्रसार समितिको संयोजकमा दासीराम टेलर र उपसंयोजकमा पदमराम टेलर छन्। वडा कार्यसमितिबाट सिफारिस भएका व्यक्तिको नाम जिल्ला कार्यसमितिले अनुमोदन गरेको कोषाध्यक्ष पाण्डेयले बताए।

सत्तारुढ नेकपाले यसअघि नै आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ।  यसका साथै साना दलले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन्।  
 

कमेन्ट लोड गर्नुस