सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर सेमिफाईनलमा प्रवेश

२०७६ कार्तिक २२, ०६:३० खबर संवाददाता

लिटल फ्लावर स्कुल धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनलमा पुगेको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय  प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा भक्तपुर निष्ट स्कुललाई २ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम चारमा पुगेको हो। 

भक्तपुर निष्ट स्कुलले दिएको एक सय ४ रनको लक्ष्य लिटल फ्लावरले ८  विकेट क्षतिमा निर्धारित ओभर सकिन ३ बल पहिले नै पुरा गर्यो। अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा लिटल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाईनल पुराए। लिटिल फ्लावरका लागि सुवोध ऐरले २८ रन आयुव चन्दलाई १९ रन तथा विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए। भक्तपुर निष्टका लागि सोहन यादवले ४ तथा डब्लु मलिक दिपेन्द्र ऐरी र धनन्जय शाहले एक एक विकेट लिए पनि आफ्नोे टीमलाई जिताउन सकेनन्। यसअघि टस हारेर पहिले व्याटिंग गरेको भक्तपुर निष्टले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ३ रन बनायो। भक्तपुर निष्ट स्कुलका लागि सोहन यादवले २१ रन धनन्जय शाहले १ रन दिपेन्द्र ऐरीले १६ रन र सुदीप खड्काले १५ रन बनाए। लिटल फ्लावरका लागि दिपक रोकायाले ४ विकेट किशोर सिंह र प्रकाश वडुले तीन तीन विकेट लिए। खेलमा ३ विकेट लिदैं आफ्नो टीमलाई जिताएका लिटल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए। उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा जित हात पार्दै एवीसी स्कुल नेपालगंज पनि क्वाटरफाईनल पुगेको छ। एवीसी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ५ रनले हराउँदै अन्तिम आठमा पुगेको छ। टस जितेर पहिले व्याटिंग गर्दै एवीसी स्कुलले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय ४७ न बनायो। सो पारीमा विराट भण्डारीले ७९ रन बनाए। साहरुख खानले ३४ रन बनाए। सैनिक आवासियका लागि विशाल केसीले ३ विकेट तथा रोशन चन्द र स्वप्निल केसीले दुई दुई विकेट लिए। 
एक सय ४८ रनको  लक्ष्य पछ्याएको सैनिक आवासियले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ न बनाउन मात्रै बनाउन सक्यो। सो पारीमा कुसल सिंह चैसीरले ५२ रनको अर्धशतकीय पारी खेल्दा सागर चन्दले अजिवित २६ रन बनाए। एवीसीका लागि कमल ओली र टंक खड्काले दुई दुई विकेट लिए। ७९ रन बनाएका एवीसीका विराट भण्डारी म्यान अफ द म्याच भए। उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिवार क्वाटरफाईनलक दुई खेल हुनेछन। पहिलो खेलमा नोवेल एकेडेमी रर एवीसी स्कुल तथा दोस्रो खेलमा लिटिल बुद्ध र शारदा मावि प्रतिस्पर्धा गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए। 
देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ। विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए।

कमेन्ट लोड गर्नुस