सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा प्रहरीद्धारा अवैध मदिरा नष्ट

२०७६ कार्तिक २२, ०४:१२ खबर संवाददाता

अछाममा प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ। अस्थाई प्रहरी पोष्ट गैरीटाँडको टोलीले चेकजाँचका क्रममा कमल बजार नगरपालिका वडा नम्बर ४ बाट ४९ लिटर मदिरा बरामद गरी नष्ट गरिएको छ।

स्थानीय चन्द्र बहादुर थापाले बा ७१ प ६४९४ नम्बरको मोटरसाईकलबाट ओसारपसार गरिरहेको अवस्थामा  घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

यस्तै ईलाका प्रहरी कार्यालय बयलपाटाले बान्निगढी जयगढ गाउँपालिका  वडा नम्बर २ मा  पसलमा लुकाई छिपाई राखेको १० लिटर मदिरा पनि बरामद गरी नष्ट गरेको छ।  

प्रहरीले स्थानीय जनप्रतिनिधी र नागरिक अगुवाको रहोबरमा मदिरा नष्ट गरिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस