सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा सदस्य मृत भेटिए

२०७६ कार्तिक २२, १२:२४ खबर संवाददाता

बैतडीमा एकजना वडा सदस्य मृत अवस्थामा भेटिएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का सदस्य गणेश पार्की मृत फेला परेको प्रहरीले जनाएको छ। पुर्चौडीको रातासिला मन्दिरमा लागेको भगवती मेलामा गएका पार्की मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए। उनका अनुसार पार्कीको शरिरमा देखिने चोट पटक भने छैन्। अहिले शव परिक्षणका लागि सदरमुकाम ल्याउन लागेको प्रहरी नायब उपरिक्षक पाण्डेले बताए।

कमेन्ट लोड गर्नुस