सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशविरुद्धको दोस्रा खेलमा भारतको जित

२०७६ कार्तिक २२, ०९:५९ खबर संवाददाता

बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ। राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो।

एक सय ५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५ दशमलव ४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौकाका मद्दतमा ८५ रन बनाए। शिखर धवनले ३१ र श्रेयस ऐयरले अविजित २४ रन बनाए। बलिङतर्फ बंगलादेशका अमिनुल स्लामले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। बंगलादेशका लागि मोहम्मद नाइमले ३६, सौम्या सरकार र महमुदुल्लाहले समान ३०/३० रन बनाए। जितसँगै भारतले बंगलादेशसँग ३ खेलको टी–२० क्रिकेट सिरिजमा १/१ को बराबरी बनाएको छ। यसअघि पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस