सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपिएल–४ : क्वाटरफाईनल पुग्ने ७ टिमको टुङगो

२०७६ कार्तिक २१, ०७:१०

हिमालय वाईट हाउस काठमाण्डाै र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणमा आफ्नो समुहको विजेता बनेका छन्। यसअघि नै क्वाटरफाईनल पुगिसकेका दुवै टोली आफ्नो समुहका दुवै खेल जित्दै समुह विजेता बनेका हुन्। 

क्वाटरफाईनल पुग्ने ७ टोली पक्का भईसकेको अवस्थामा शुक्रवार हुने अन्तिम खेलको नतिजाले आठौं टीमको टुंगो लगाउनेछ। संघीय प्रहरी कार्यालयको खेल मैदानमा विहीवार भएको पहिलो खेलमा हिमालयनले वाईट हाउसले एवीसी स्कुल नेपालगंजलाई २० रनले हराएर समुह डी को विजेता बनेको छ। यसअघि वाईट हाउसले सैनिक आवसिय महाविद्यालयलाई १० विकेटले हराएको थियो। समुह डी मा शुक्रवार हुने एवीसी स्कुल  सैनिक आवसिय बीचको लिग चरणको अन्तिम खेलमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ।
 
टस जितेर पहिले व्याटिंग गर्दै हिमालयन वाईट हाउसले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो। वाईट हाउसको पारीमा नारायण जोशीले ३८ रन राम सुरत यादवले २१ रन र विवेक वुढाथोकीले १७ रन बनाए। २६ रनमा ५ विकेट गुमाएर धर्मराएको पारीलाई उकास्ने क्रमा छैठौं विकेटका लागि नारायण र विवेकले ५७ रनको साझेदारी समेत गरेका थिए। एवीसी स्कुलका लागि तुलाराम थापा र सुनिल चौहानले दुई दुई विकेट लिए।  एक सय २६ रनको विजय लक्ष्य पछ्याएको एवीसी स्कुल १९  दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ५ नमा समेटियो। विराट भण्डारीले ३७ रन र मोहमद ईमरान हस्लाओले २५ रन बनाए। वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए। उनले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको शिर्षस्थानमा रहेका छन् । विहीवारको पहिलो खेलमा पनि आरियो पौडेल नै म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए। 
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको दोस्रो खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समुह सी को विजेता बनेको छ। पहिले व्याटिंग गर्दै नोवेलले २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६२ रन बनायो। सो पारीमा किरन ठगुन्नाले ६० रनको अजिवित अर्धशतकीय पारी खेले। ४१ ब्लको सामना गरेका उनले ५ छक्का र ३ चौका प्रहार गरे। यस्तै गणेश विटालुले अजिवित ४६ रन बनाए । शारदाका लागि सोनु अन्सारीले २ विकेट लिए । एक सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो। सो पारीमा सोनु अन्सारीले २६ रन र लक्ष्मण कठायतले १८ रन बनाए । नोवेलका लागि महेश विष्ट र अनिल थापाले दुई दुई विकेट लिए। अविजित ६० रन बनाएका नोवेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए। उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको एक खेल वाँकी रहँदा क्वाटरफाईनल पुग्ने सात टोलीको टुंगो लागेको छ। समुह ए बाट लिटर फ्लावर विजेता र लिटिल वुद्ध उपविजेता भएर क्वाटरफाईनल पुग्दा समुह बी बाट शारदा विद्या निकेतन विजेता र भक्तपुर निष्ट स्कुल उपविजेता भएर अन्तिम आठमा पुगेका छन्। समुह सी मा  नोवेल एकेडेमी विजेता शारदा मावि उपविजेता तथा समुह डी मा हिमालय वाईट हाउस विजेता बनेर क्वाटरफाईनल पुगेका छन्। 

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन। लिग चरणको अन्तिम खेलमा एवीसी स्कुल नेपालगंज र सैनिक आवासिय महाविद्यालयले प्रतिस्पर्धा गर्नेछन्। शुक्रवारदेखि नै क्वाटरफाईनलका खेल पनि सुरु हुनेछन। पहिलो क्वाटरफाईनलमा लिटल फ्लावर र भक्तपुर निष्ट स्कुल प्रतिस्पर्धा गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ। विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए।

कमेन्ट लोड गर्नुस