सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण वर्षलाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महा–महोत्सव

२०७६ कार्तिक २१, ०७:०१ खबर संवाददाता

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाको आयोजना र सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको सहयोगमा भएको महामहोत्सवको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्धघाटन गरे।

पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिका लगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दल जानकारी दिए।

समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियान अन्तर्गत महोत्सवको आयोजना गरिएको उनले बताए। बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकास संगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ। पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा सञ्चालन भएको महोत्सव मसिंर २ गते सम्पन्न हुनेछ। महोत्सव अवधीभरमा संघिय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री लगायत विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने भएको छ।

कमेन्ट लोड गर्नुस