सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोटः नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

२०७६ कार्तिक २१, ०४:०१ खबर संवाददाता

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ। विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा हुने भनिएकोमा नहुने भएको हो। अखिल नेपाल फुटबल संघ –एन्फा) ले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतविरुद्ध दशरथ रंगशालामा खेत नहुने जानकारी दिएको छ। यसअघि दशरथ रंगशालामा मंसिर ३ गते नेपालले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भनिएको थियो। रंगशाला खेलका लागि तयार नभएकाले खेल नहुने भएको हो। 

अब नेपालले कुवेतविरुद्धको होम खेल कुनै न्युट्रल भेन्युमा खेल्नु पर्नेछ। एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले केही दिनअघि मात्रै रंगशाला निरीक्षण गरेका थिए । एएफसीका प्रतिनिधी असन्तुष्ट रहेपछि खेल दशरथ रंगशालामा नहुने भएको हो। एन्फाले भुटानको चाङ्लीमिथाङमा गराउने प्रस्ताव पनि राखेको छ।
 

कमेन्ट लोड गर्नुस