सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै निकालियो र्‍याली

२०७६ कार्तिक २१, ०२:५५ खबर संवाददाता

डडेल्धुरामा प्रा डाक्टर गोविन्द केसीको सत्याग्रहको समर्थनमा शान्तिपुर्ण दवाव र्‍याली निकालिएको  छ। बिहिबार नागरिक समाजको अगुवाइमा उक्त र्‍याली निकालिएको हो। 

डडेल्धुराको बसपार्कबाट निकालिएको र्‍याली डाक्टर केसी अनशनरत स्थलमा गएर टुङ्गिएको थियो। ‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर तथा डा. केसीको जिवनको रक्षा गर’ लगायतका नारा लगाएर उनिहरु सडकमा उत्रिएका थिए ।
                                                                                                                            
             

कमेन्ट लोड गर्नुस