सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पनि भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन

२०७६ कार्तिक २१, ०२:०९ खबर संवाददाता

भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा बैतडीमा पनि भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको छ।  जिल्लाको पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोदीको पुतला दहन गरेका छन। 

उनिहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै पुतला जलाएका थिए। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि यतिबेला समाजिक संजाल तथा देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ।  

कमेन्ट लोड गर्नुस