सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा.केसीको सत्याग्रह चौथो दिन पनि जारी, बिग्रिएको स्वास्थ्य अवस्थामा सुधार

२०७६ कार्तिक २१, १२:१५

आशिष मल्ल 
चिकित्सा शिक्षा सुधारका अभियान्ता  प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबार देखि सुरु गरेको १७ औं चरणको सत्याग्रह चौथो दिन पनि जारी छ। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट एक सय मिटरको दुरिमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा उनी अनशन बसेका छन्। 

डडेल्धुराको अत्याधिक चिसोका बाबजुत पनि सात बुँदे माग अघिसार्दै उनको अनशन जारी छ। केसीको स्वास्थ्य अवस्थामा बिहिबार केही सुधार आएको डाक्टरहरुले बताएका छन्। बुधबार ६०÷९०मा झरेको उनको रक्तचाप बिहिबार बिहान सामान्य बनेको उनीहरुले बताउका छन्। 

तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि बोलचाल बन्द गरेका डाक्टर केसीको अवस्था चौथो दिन भने समान्य रहेको छ। ‘चिसो कोठा तथा धेरै बोलचालका कारण उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो,’ डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जितेन्द्र कँडेलले भने, ‘डाक्टर केसीले अनशन बसेको क्षेत्रमा न्युनतम तापक्रम सधै ९ देखि १२ डिग्री सेल्सियस रहने गरेको छ। 

डाक्टर गोविन्द केसी अनशन बसिरहेको क्षेत्रमा घाम नै लाग्दैन। यद्यपी आज डाक्टर केसीको स्वास्थ्य अवस्था सामान्य छ।’ ‘आज धेरै चेकजाँच गर्दैनौ, पिसाबको नमुना मात्रै चेक गर्छौ, उनको रक्तचाप र पल्स ठिकै भएकाले आज उनी राम्रोसँग बोलचाल गर्न सक्छन्।’ डाक्टर कडेलले दिनेश खबरलाई भने।

यी हुन् डा केसीले राखेका ७ बुदे मागहरु
१ हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
२ विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
३ आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् ।
४ संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस् ।
५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
६ क्यान्सर लगायत महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथमुल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस । कर्मचारि समायोजनका कारण सेवानै अवरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस् । 
७ संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस् ।

कमेन्ट लोड गर्नुस