सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका किसानले उन्नत जातको गहुँको बिउ पाएनन्

२०७६ कार्तिक २०, ०१:०६ खबर संवाददाता

रसायनीक मल नपाएर हैरान कैलाली, कञ्चनपुरका किसानहरु उन्नत जातको गहुको बिउँ समेत नपाउँदा थप चिन्तित भएका छन्। उन्नत जातको गहु नपाउँदा उचित लाभ लिन नपाउँने भन्दै किसानहरु चिन्तित भएका हुन्। प्रदेश सरकाले कृषी ज्ञान केन्द्रबाट अनुदान प्राप्त उन्नत जातको सुधारिएको गहुँको वीउ वितरण गर्दै आएपनि पर्याप्त मात्रामा नपाएको किसानहरुले गुनासो गरेका छन्।

सरकारले अनुदानमा बिउँ वितरणको कार्यक्रम राखेपनि पहुँच नभएका किसानहरु उक्त विउ पाउनबाट बञ्चित हुँदै आएका छन्। प्रत्येक वर्ष उन्नत जातको वीउका लागि निवेदन दिएपनी विउ नपाउँदा उत्पादन बढाउन नसकिएको कञ्चनपुरको बेलौरी नगरपालिका ९ का किसान धर्म सिह ऐरले गुनासो गरे।

कृषी ज्ञान केन्द्रले माटोको परिक्षणका आधारमा विउ उपलब्ध गराईनुपर्ने कतीपय किसानहरुको माग छ। कुनै वर्ष विउ पाएपनी माटो अनुसारको वीउ नहुँदा उत्पादन झन खस्केको गुनासो पनि किसानको छ। सहकारी, एग्रोभेट लगायतका संस्थाले वीउ विक्रि गरेपनी कुनै अवस्थामा नक्कली विउले ठगिने गरेका कृष्णपुर नगरपालीका ७ का किसान नायारण अवस्थीले बताए।

उनले जमिनको परिक्षणका आधारमा वीउ वितरण गरीनु पर्ने माग गरे। कृषी ज्ञान केन्द्र कञ्चनपुरले बजेट कम आउदा वर्षेनी माग अनुसारको विउ उपलब्ध गराउन नसकेको स्वीकार गरेको छ। यस वर्षको कार्यक्रमका लागि २७ लाख बजेट मात्रै आएकाले सबै गहुँ किसानलाई समेट्न सक्ने अवस्था नरहेको ज्ञान केन्द्रको भनाई छ।

कैलाली, कञ्चनपुरमा यस वर्ष १४ सय मेट्रिकटन उन्नत जातको गहुको विउको माग रहेको छ। २२ गते सम्म वीउ खरिदका लागि सम्झौता मिती तोकिएको ज्ञान केन्द्रले जनाएको छ। त्यसपछी कृषी समुह, सहकारी मार्फत किसानहरुले आवस्यकता अनुसारको अनुदानमा विउँ खरिद गर्न सक्ने कृषी ज्ञान केन्द्रले कञ्चनपुर प्रमुख रामचन्द्र भट्टले बताए। 

कमेन्ट लोड गर्नुस