सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरमा गरिमा धानले उत्पादन नदिएपछि किसानको छ करोड क्षती

२०७६ कार्तिक २०, १२:०७ कमल सावद

कैलाली र कञ्चनपुरमा मात्र नक्कली गरिमा धानको बीउका कारण झण्डै ६ करोडको क्षती भएको छ। दुवै जिल्लामा एक हजार सात सय ३० जना किसानले लगाएको गरिमा जातको धानले उत्पादन नदिएपछि छ करोड दुई लाख बढिको क्षती भएको हो। अहिले सम्म सात सय हेक्टरमा लगाएको गरिमा धानको बीउले उत्पादन नदिएको तथ्यांक प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसंग छ। विवरण संकलनको काम जारी रहेकाले बद्धि हुने अनुमान गरिएको छ।

किसानलाई हिउँदे खेती लगाउन ढिलो भइरहेका बेला गरिमा धानको बीउका कारण भएको क्षतीको पूर्ण विवरण संकलन गर्न भने समय लागेपछि झनै समस्या भएको छ। अहिले सम्म एक हजार सात सय ३० जना किसानको सात सय हेक्टर क्षेत्रफलमा लगाएको नक्कली गरिमा धानको बीउले उत्पादन नदिएपछि छ करोड बढिको क्षती भएको हो।  

तर पूर्ण विवरण संकलनमा भने ढिलाई भएको छ। सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयसंग एक हजार सात सय ३० जना किसानको सात सय हेक्टरमा लगाएको नक्कली धानको बीउले उत्पादन नदिएको तथ्यांक छ। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत भूमिराज उपाध्याले भने, ‘विवरण संकलनको काम पूर्ण भएको छैन्।

केहि किसानहरु अहिले पनि आउदैछन्। स्थानीय तहहरुमा पनि उनीहरु पुगेका छन्। क्षतीको मात्र बृद्धि हुन सक्छ।’ कैलाली र कञ्चनपुरमा नक्कली धानको बीउबाट ठगिएका किसानको संख्या धेरै भएकाले तथ्यांक संकलनमा पनि ढिलाई भएको हो। ठगिएका किसानहरु क्षतीपुर्तीको माग गर्दै आएका छन्।

मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको संयोजकत्वमा तथ्याङक संकलनका लागि समिति गठन भएको थियो। समितिको प्रतिवेदन मन्त्रालयले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई राहतका लागि पठाउने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए।

उनले भने, ‘कैलाली–कञ्चनपुरका किसानले लगाएको गरिमा भनिएको धान गरिमा नभएको खुलेको छ। ल्याव ल्याब परिक्षणबाट अन्य धान भएको खुलेको छ। नक्कली गरिमा धानको बीउ विक्रि गर्ने कम्पनीलाई कारबाहीका लागि संघीय सरकारलाई सिफारीस गर्दै छौ।’

दाङको लमहीमा रहेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले एग्रोभेटलाई विक्रि गरेको गरिमा धानको बीउले उत्पादन नदिएको खुलेको छ। भारतको हैदरावादबाट गरिमा धानको बीउ आयात गरिएको समेत पाइएको छ। गरिमा धानको बिउ २०७२ सलामा नेपाल सरकारले नै प्रमाणीत गरेको छ।

क्षतीपुर्तीका लागि संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको टोली अनुगमनमा निस्कीएको छ। तर किसानले राहत पाउन भने समय लाग्ने देखिएको छ। बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख मदन थापाले अनुगमनका लागि निस्कीएको बताए कैलाली–कञ्चनपुर क्षेत्रमा पुग्न केही समय लाग्ने उनले बताए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस