सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वेवारिसे बालक भेटिए

२०७६ कार्तिक १९, ०७:३७ खबर संवाददाता

धनगढीमा एक १० वर्षीय बालक वेवारिसे अवस्थामा भेटिएका छन्। बाजुरा घर बताउने अन्दाजी १० वर्षीय बालक वेवारिसे अवस्थामा भेटिएकाले सम्पर्कमा आउन परिवारलाई प्रहरीले आग्रह गरेको छ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक पुष्कर पन्तले वेवारिसे भेटिएका वालकले बुबाको नाम प्रेम थापा र आमाको धौली बताईरहेकाले चिन्नेलाई सम्पर्कमा आउन आग्रह गरे।

बालकले काका चित्र थापासंगै तारानगरमा बस्दै आएको बताईरहेको पनि जानकारी दिए। बालकलाई चिन्नेलाई एक सय नम्बर वा ९८५८४९०३१८ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। बालकलाई अहिले वडा प्रहरी कार्यालयमा राखिएको छ।      

कमेन्ट लोड गर्नुस