सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा उपनिर्वाचनका लागि उम्मेदवार छनोट

२०७६ कार्तिक १९, ०६:५२ खबर संवाददाता

डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा हुने वडा अध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपल कम्युष्टि पार्टी (नेकपा) तथा नेपाली काङ्ग्रेस डोटीले आ–आफना उम्मेदवारको टुङ्गो लगाएका छन्।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारूढ दल नेकपाका तर्फबाट राम बोहरा तथा काङ्ग्रेसका तर्फबाट महादेव साउँदलाई उम्मेदवार बनाइएको हो। सत्तारूढ दल नेकपाले वडाध्यक्ष पदका लागि बोहरा तथा काङ्ग्रेसले साउँदलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेका छन्। 
तत्कालीन नेकपा (एमाले ) बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको जीप दुर्घटनाका कारण वि.सं २०७५ मा निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुनलागेको हो। निर्वाचनका लागि उम्मेदवार छनौट भएसँगै नेकपा र काङ्ग्रेस नेता कार्यकर्ताले अहिले गाउँपालिकामा आफ्ना चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको स्थानीयवासी दीपकबहादुर साउँदले बताए। उनले भने, “अहिले गाउँमा चुनावी चहलपहल तथा दैनिक आमसभा भइरहेका छन्। आदर्श गाउँपालिका चुनावमय भएको छ।” रासस

कमेन्ट लोड गर्नुस