सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैटडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते सार्वजनिक विदा दिने

२०७६ कार्तिक १८, ०६:३८

बैटडीको दशरथचन्द नगरपालिकाले कार्तिक २० गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।  दशरथचन्द नगरपालिका ८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा कात्तिक २० गते जात्रा लाग्ने भएकोले सार्वजनिक विदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। दशरथचन्द नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी कार्तिक २० गते नगरपालिकामा स्थानीय सार्वजनिक विदा दिने जनाएको हो।

त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक  २० गते बलिसहित जात्रा लाग्ने गर्दछ। उक्त जात्रामा नेपाल र भारतका हजारौँ दर्शनाथी आउने गर्दछन्। सरकारले छनोट गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा बैतडीको  त्रिपुरासुन्दरी पनि एक हो। 

 

 

 

 

कमेन्ट लोड गर्नुस