सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरमा हुने महामहोत्सवको तयारी अन्तीम चरणमा

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले महोत्सवको उद्घाटन गर्ने

२०७६ कार्तिक १८, ०४:२१ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउँपालिकाकामा संचालन हुन गईरहेको राष्ट निर्माण महामहोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ। महोत्सवको व्यवस्थापनको अहिले सम्म ९५ प्रतिशत काम सम्पन्न भएको मुल आयोजक समितिका संयोजक षष्टिवल्व तिवारीले जानकारी दिएका छन्। 

यही कार्तिक २१ गते देखि संचालन हुने माहामहोत्सवको समुदघाटन नेपाल सरकारका परराष्ट मन्त्री प्रदिप ज्ञवालीले गर्ने भएका छन्। पर्यटन वर्ष २०२० लाई सफल पार्न र गाउँपालिकाभरिका धार्मिक पर्यटकिय तथा प्राकृतिक रमणिय ठाउँहरुको प्रचार प्रसार गरी यि ठाउँहरुलाई देसभरी चिनाउन र समग्र पञ्चेश्वरको औद्योगिक विकासका लागि लोक कल्याणकारी सेवा ट्रष्ट महाअभियान अन्तर्गत गाउँपालिकाले महोत्सवको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए।

पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामको विकास संगै औद्योगिक ग्राम विस्तारको लागि महोत्वसवबाट सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिईएको छ।

 

 

कमेन्ट लोड गर्नुस