सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दर्ता भएका उद्योग कागजमै सीमित हुँदा औद्योगिक विकास प्रभावित

२०७६ कार्तिक १८, ११:१७ जनक विष्ट

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुईवटा जलविद्युत उत्पादक  उद्योग सहित  झण्डै ११ अर्ब  लगानी बराबरका सात वटा उद्योग दर्ता भएपनि वषौँ पहिले  दर्ता भएका उद्योगमा आएका छैनन्। प्रदेशमा बितेको चार वर्षको अवधीमा तीन अर्ब पुँजीका २५ वटा उद्योग दर्ता भएपनि केही उद्योग मात्र सञ्चालनमा आएका छन्।

आर्थिक वर्ष २०७१÷७२ मा २२ करोड पुँजीका चारवटा, २०७२÷७३ मा ३१ करोड पुँजीका १२ वटा, २०७३÷७४ मा  एक अर्ब ६१ करोड पुँजीका सात  वटा र आर्थिक वर्ष ०७४÷७५ मा ९१ करोड पुँजी बराबरका दुईवटा उद्योग दर्ता भएका छन्। तर ती मध्ये केही उद्योग मात्रै सञ्चालान भएपनि सबै उद्योगले बजारमा लगानी नगरेको दावी गरिदै आएको छ।

पछिल्लो समय उद्योग सञ्चालन गर्ने नभई लाईसेन्सको कारोबार गर्ने प्रवृत्ति बढेपछि दर्ता हुने तर  बजारमा  लगानी नआउने गरेको व्यवसायीहरुले बताउदै आएका छन्। उद्योग वाणिन्ज्य संघ कञ्चनपुरका अध्यक्ष जंग मल्लले उद्योग दर्ता गरी लाईसेन्स होल्ड राख्ने प्रवृत्तिले बजारमा लगानी हुन नसकेको बताए। 

उनले लाईसेन्सको कारोबार गर्ने उद्देश्यले मात्र उद्योग  दर्ता हुनु दुःखद भएको जनाए। तर उद्योग दर्ता गरी लाईसेन्सको कारोबारमा सक्रिय भएकालाई नियमन गर्न राज्य पनि उदासिन बनेको आरोप लाग्दै आएको छ। उद्योग विभागले  फार्म दर्ता गरिदिने तर त्यसको अनुगमन सुपरिवेक्षण नगर्ने प्रवृत्तिले पनि कागजमा उद्योगको संख्या धेरै देखिएपनि बजारमा उत्पादनमुलक क्षेत्रमा पुँजी लगानी हुने नसकेको मल्ल बताउछन्।

कतिपय व्यवसायीहरुले त सुदूरपश्चिममा सञ्चालन गर्ने भनी दर्ता हुने उद्योग सरकार पक्षकै कारण ओझेलमा परेको प्रतिक्रिया समेत दिदंै आएका छन्। कैलाली उदोग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले स्थानीय, प्रदेश र संघिय सरकार बिचमै गतिलो समन्वय नहुदा  लगानीकर्ताहरु चेपुवामा परेको बताए।

उनले त्यसका कारण पनि सुदूरपश्चिममा बाह्य लगानी भित्रिन नसकेको बताउदै लगानी बाहिर गईरहेको  प्रतिक्रिया समेत दिए। ‘प्रदेशमा औद्योगिक विकासलाई तिव्रता दिन तीन तहका सरकारबिच पनि समन्वय अतिआश्यक छ,’ उनले  भने। 
 

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस