सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवील बैंकले ३४ प्रतिशत लाभांश दिने

२०७६ कार्तिक १७, ०६:०० खबर संवाददाता

नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ।  बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस