सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अचेत अवस्थामा भेटिएका एकजनाको मृत्यु

२०७६ कार्तिक १७, ०४:२७ खबर संवाददाता

धनगढीमा अचेत अवस्थामा भेटिएका एकजनाको मृत्यु भएको छ। शनिबार राती अचेत अवस्थामा भेटिएका सुनसरीको धरानको थापाचोक घर भएका अन्दा जी ४२ वर्षका राजकुमार भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले गएराती सेती प्रादेशिक अस्पताल परिसरभित्रको चमेना गृह नजिकै अचेत अवस्थामा भेटिएका भुजेलको उपचारका  क्रममा मृत्यु भएको जानकारी दिए।

कार्कीले भुजेलको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको बताए। उनका अनुसार भुजेल विगत ३० वर्षदेखि धनगढीको सडकपेटीमा मागेर गुजरा चलाउदै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस